म भित्रको म

दशै नजिकिदै थियो । जति दशैँ नजिक हुन्थ्यो गाउको रौनक नै भिन्नै ! परदेशिएका हरु गाउ भर्दै थिए । प्रत्येकका घरमा दशैँको लागी खसीको जोहो लगभग भइसकेको थियो ।

फूलपातीको अघिल्लो दिन , मैले आफ्ना टाढा टाढा भएका साथीलाइ शूभकामना दिन चर्चित सञ्जाल फेसबुक खोलेँ।

फेसबुकको भित्ताभरि पशु काटमार गर्नुहुन्न जस्ता कुरा छ्यापछ्याप्ती थिए । आफ्ना प्राय साथीलाइ शूभकामना बाड्न उनीहरुको वाल सम्म पुगेँ र लक्ष पूरा गरेँ ।

अचम्म…जति जनाको वालमा पुगे सबैले पशु काटमार बिरुद्धका सन्देस टाँसेकारैछन् । सोचेँ “ओहो नेपाली त साँच्चै नै शान्तिप्रिय भएछन् !”

एक्कासी आँखामा चिरपरिचित सर्वहारी मित्रको सन्देश पर्यो , just now लेखेर। उसले क्या मनमोहक सन्देश लेखेको थियो। सबैको स्टाटस देखेर मैले पनि लेखिदिएँ “यो दशैदेखि काटमार बन्द गरौ!”

सप्तमी(फूलपाती)को दिन सकिएर अष्टमीको दोस्रो प्रहर नबित्दै आमालाइ पानी उमाल्न लगाएर आफुले कट्टिमा धार लगाएँ , केराको थम्बा ठीक पारेँ अनि खशीको खोर तिर हाँस्दैहाँस्दै लागेँ ।

Comments