मेरो देश दुखेको बेला

गाउँ शहर जताततै, बन्दुकहरू भुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला

न्याय सत्य अधिकार र, शान्ति-सुरक्षा लुकेको बेला
दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला
मौकाको पर्खाइमा हाम्रा, कालापानीहरू  ढुकेको बेला
पार्टी पार्टीहरू बिचको, एकताको गाँठो  फुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला

संबिधान लेखनमा, सभासदहरू चुकेको बेला
देशको बेहाल हेरी लाजले, सगरमाथा झुकेको बेला
हजारौ बीर शहिदहरूले, हामीलाई थुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला
हो साँच्चै
नाजिस्काऊ  साथी आज मलाई, मेरो देश दुखेको बेला ।

Comments

Popular Posts