आक्रोश
ओई झ्याँक्ने
यो मेरो चेतनामा कस्ले ग्रेटवाल उठायो ?
जन्मनु अगाबै
बिउँझनु अगावै
आफु हुनु अगावै
मेरो मर्जी बिरुद्द
कस्ले, बाँध्यो ?
कस्ले, छेक्यो ?
कस्ले, टेक्यो ?
कस्ले, छुवायो ?
कस्ले, बोकायो ?
बाईबल-बेद
धम्मपद-कुरान
गिता-मुन्धुम
र
मबाट मलाई हरण गर्यो ?
कस्ले ? - कस्ले ? - कस्ले ?
प्लेटोले कि बुद्दले
क्राईष्टले कि व्यासले
मार्क्सले कि फ्रायडले
मोहम्मद या फाल्गुनन्दले
कि - कस्ले ?
आज त म, म भएर बाँचु भन्थेँ
आज त म, आफैले बनाएको बाटोमा हिडुँ भन्थेँ
आज त म, घाम उदाएको हेरुँ भन्थेँ
आज त म, कबिता लेखुँ भन्थे
झ्याक्नेँ
कस्ले मलाई हरण गर्यो ?
कस्ले मेरो बाटोमा पर्खाल उठायो ?
कस्ले छ्यितिज धमिलो बनायो ?
कस्ले नबिउँझी आँखामा चस्मा पहिर्याए झैँ
आकाशमा दिवाल बनाँई बादल फिज्यायो ?
कस्ले मेरो कवितालाई नारा बोकाएर
जुलूसमा हिडायो ?
सहिद बनायो ?
हँ.......कस्ले ? कस्ले ? कस्ले ?

Comments
Post a Comment