आमा, बा खोई?


मध्यरात सुनसान र चकमन्न
प्रतिबिन्बीत गीर्जाघर र रेगिस्तान
थकाइसंगै निदाएका व्यस्त सडकहरू
सपनासंगै निदाएका बालक
सबै सबै मस्त निद्रामा
कल्पनारूपी माकुरो भोलिको जालो बुनिरहेछ ॥
धाराप्रवाह चलिरहेको कलम रोकिन्छ
बालक ब्युझन्छ र आमासंग सुस्त बोल्छ
आमा, बा खोइ ?
निरन्तर आमा फगत सुस्केरा हाल्छे
हिजो सिन्दुर पखालीएर चुरा फुटेपछी
उ आफै टुक्रिएकी छे
धन कमाउन परदेशीएको लोग्ने
निश्वास काठको बाकसमा फर्किदा
केबल सेतो पहीरन ॥
आत्मा निदाउन खोज्छ
मन छटपटी रहन्छ
उ महसुस गर्दै एक्लो हुनुको पिडा
अधकल्चो निद्रासंगै कोल्टे फेर्छे
अनायासै बालक व्युझन्छ
अनि सुस्त सोध्छ आमालाइ
आमा, बा खोइ ?

Comments

Post a Comment

Popular Posts