लोल (LOL)

भन्नेले भन्छन मिठो कोदो को झोल
खानेले भने मिठो गुन्द्रुक को झोल
तर मलाई मिठो यै स्वादिष्ट लोल ।
दुइतिर ठाडो लौरो बीचमा गोल
तीन अक्षरको शब्द सबैले बोल
स्पेलिङ एस्को एल ओ एल लोल ।
जिस्क्याउदा लेख्ने एल ओ एल लोल
हाँसोको संज्ञा एल ओ एल लोल
टार्नलाई लेख्ने नखोल्न पोल ।
ओल्लो टोल वा पल्लो टोल
अघिल्लो रोल वा पछिल्लो रोल
मेसेज रिप्लाईमा लोलका लोल ।
खेतको टार वा बारीको डोल
दाम्लोले बोक्दा वा लाउदा नोल
हातमा मोबाइल् भए जाहाँतहीं लोल ।

Comments

Popular Posts