मेरो देश




सानै देखिए पनि मानचित्रमा, अहो प्रकृतिको छ यो धनी
गर्वले फुल्दछ यो छाती मेरो नेपाली हुँ म भनी
पूर्वमा बग्दछ मेची नदी कलकल, पश्चिम महाकाली
उत्तरमा गगनचुम्बी हिमशैल, दक्षिण उर्वर भूमि
पृथ्वी, जंग, महेन्द्र, बिपी हुदै प्रचन्डसम्म आउँदा पनि
गरेनन् भलो कसैले मातृभूमि को यहाँ अवसर पाउँदा पनि
भाषणमा गर्जिन्छन् नेता हेर यहाँ देश बनाउनेछु भनी
जनता झन झन गरिब हुँदै छन यहाँ नेता राता रात धनी
हजारौं बग्दछन् नदी नाला यहाँ जलश्रोतको घनी देश यो
कहिले मेटिएला र खै नेपालीको अँधेरीको बास यो
हे युवा तिमी हिडेदेखि परदेशतिर कठै गाउँ घर शुन्य भयो
हरा भरा बनाउदैछौ मरूभूमि अरबमा यहाँ खेत बारी बाँझै रह्यो
कतिन्जेल बस्दछौ युवा तिमी विदेशमा स्वदेश मैं फर्किने हो कि
मोती फलाउन सक्दछौ मातृभूमिमा आफ्नै पसीना पोखी ।

Comments

Post a Comment

Popular Posts